(An Undertaking of Bhaktapur Municipality)
KHWOPA ENGINEERING COLLEGE
Affiliated to Purbanchal University, Estd. 2001
(Dedicated To Country & People)
  • Detail of Event

    कसिमला पाँय (kasimalaa Paanya) Students Boys' Singles –2076

    2075 ashadh 06 to 08

    Published Date: 2019-06-03

    Khwopa Engineering College 

    Summer  Sports 

    कसिमला पाँय (kasimalaa Paanya)  Competition

    2076 Ashadh 06 to 08

    कसिमला पाँयको नियम

    • यो खेल भक्तपुरको मौलिक खेल हो । 
    • कसिमला पाँयमा पाँच वटा लायग हुनेछ । 
    • पहिलो पक्षले लिएको लायगमा दोस्रो पक्ष बस्न पाइने छैन । यदि पहिलो पक्षले पाँच ओटै लायग लिएको खण्डमा दोस्रो पक्षको पहिलो गोठी निकाल्न पाउनेछ । 
    • कसिपाँय नर्कत वा बेतवासको चारवटा पत्ति हुनेछ  ।
    • दुई पक्षले गोटी आपनो दायाँ दिशाबाट शुरु गर्नु पर्नेछ । 
    • कसि पाँय ४ मध्ये ३ ओटा घोप्टो परी १ ओटा माथि फर्केमा कसि वा १ मानिन्छ  । 
    • कसि आएपछि मात्र गोटी चाल्न पाउनेछ । 
    • कसिपाँय ४ मध्ये २ वटा माथि फर्केको र २ वटा घोप्टो परेमा डोक वा दूई मानिन्छ । 
    • कसिपाँय ४ मध्ये ३ ओटा माथि फर्केको र १ ओटा घोप्टो परेमा सुडि वा तीन मानिन्छ  ।
    • कसिपाँय चार ओटै माथि फर्केमा पिई वा चार मानिन्छ  ।
    • कसिपाँय चार ओटै घोप्टो परेमा ङा वा पाँच मानिन्छ । 
    • कसिपाँयमा पिइ वा ङा आएमा पुन कसिपाँय फाल्न दिइनेछ ।
    • यो प्रतियोगिता नकआउट खेलाइने छ । 
    • प्रतियोगितामा भाग लिन मिति २०७६ असार ०४ गते दिउसो ३ः०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ । 
    • सहभागी विद्यार्थीहरु अनिवार्य कलेज T-shirts मा आउनु पर्नेछ । र जुता अनिवार्य sports shoes लगाउनु पर्नेछ । 
    • कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ । 
    • परिचय पत्र विना हलमा प्रवेश निषेध हुनेछ । आयोजकले मागेको समय परिचय पत्र देखाउन नसके उक्त विद्यार्थीले खेल छाद्नु पर्नेछ । 
    • खेल तोकेको समयमा देखि सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
    • खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
    • एक पटक नाम दर्ता गरिसकेपछि नाम फेर्न पाउने छैन ।
    • प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार,गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा नियमानुसार कार्वाही हुनेछ । 
    • आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
    • प्रतियोगिताको निर्णयको सम्पूर्ण अधिकार आयोजक समितिलाई हुनेछ, सो समितिको निर्णय पूर्ण स्विकार्य हुनुपर्नेछ । 
    • पुरस्कार विवरण ः
      • Winners               1st : Gold Medal, Certificates
      • 1st Runners up     2nd : Silver Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificates
    • If you are going to registration for Single's  events.Then follow the  Example :

      Full Name : Suman Khoteja, 

      Code (CRN/LN/SN) : Your Id. no. (700641, (I.D. Roll No.))

      Contact No : your contact NO (98415788)

      Event :  select the Participant event

      Department : Select the Department

      Semester :Select the Semester

      Then submit

       

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2024 Khwopa Engineering College. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha